जापानमा भारतीय भ्लगरलाई सहयोग गरेको भन्दै एक नेपाली कामदारले जागिर गुमाएको दाबी गरिएको घटना सामाजिक सञ्जालमा चर्चामा आएको छ।
भारतीय भ्लगर अनन्त मित्तलको दाबीअनुसार, उनले जापानको 7-Eleven मा चिसो खाना तताउन सहयोग मागेका थिए। त्यहाँ कार्यरत नेपाली कर्मचारीले उनलाई सहयोग गरेको र खाना तताइदिएको उनले आफ्नो भिडियोमा बताएका छन्।
मित्तलका अनुसार, नेपाली कर्मचारीले सहयोग गरेपछि स्टोरको जिम्मेवार व्यक्तिले त्यस विषयमा आपत्ति जनाउँदै कर्मचारीलाई गाली तथा धम्की दिएको र पछि कामबाट हटाइएको जानकारी आफूले पाएको बताएका छन्। यद्यपि, ती नेपाली कामदारको नाम, ठेगाना वा अन्य पहिचान भने उनले सार्वजनिक गरेका छैनन्।
मित्तलले आफू भारतीय नागरिक भएको कारण स्टोरमा आफूलाई असहज व्यवहार गरिएको र प्रहरीसमेत बोलाइएको दाबी गरेका छन्। उनले घटनाप्रति दुःख व्यक्त गर्दै “मेरो कारण ती नेपालीको जागिर गयो, उनी निकै दयालु थिए” भन्ने भाव व्यक्त गरेका छन्।
भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा घटनाबारे विभिन्न प्रतिक्रिया आएका छन्। केही प्रयोगकर्ताले नेपाली कामदारले देखाएको सहयोग र मानवताको प्रशंसा गरेका छन् भने स्टोरको व्यवहारप्रति प्रश्न उठाएका छन्।
सम्बन्धित खबर
-
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख -
जापानमा रेल दुर्घटनामा ४ कामदारको मृत्यु, ठेकेदार कम्पनीमा प्रहरीको छापा
साझालेख -
जापानको सागामा विदेशी विद्यार्थी लक्षित रोजगार मेला, २०० भन्दा बढी सहभागी
साझालेख -
जापानको फुकुओकामा २५ वर्षीया नेपाली छात्राको हत्या, नदीमा भेटियो शव!
साझालेख