Advertisement
जापान

जापानको सागामा विदेशी विद्यार्थी लक्षित रोजगार मेला, २०० भन्दा बढी सहभागी

साझालेख साझालेख 2026-08-23 1 min Read
जापानको सागामा विदेशी विद्यार्थी लक्षित रोजगार मेला, २०० भन्दा बढी सहभागी

जापानको सागा प्रिफेक्चरमा विदेशी विद्यार्थीहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले संयुक्त रोजगार मेला आयोजना गरिएको छ। स्थानीय सरकारको पहलमा आयोजित उक्त मेलामा १८ वटा स्थानीय कम्पनी तथा करिब २०० जना विदेशी विद्यार्थीहरूको सहभागिता रहेको थियो।

मेलामा सहभागी नेपाल तथा श्रीलङ्का लगायतका देशका विद्यार्थीहरूले जापानको होटल, रेस्टुरेन्ट तथा अन्य क्षेत्रमा काम गर्न रुचि देखाएका छन्। एक नेपाली विद्यार्थीले क्युशु क्षेत्रभित्रै रेस्टुरेन्ट व्यवसायमा काम गर्ने इच्छा व्यक्त गरेका थिए।

कम्पनीका प्रतिनिधिहरूले विदेशी विद्यार्थीहरूको जापानी भाषा दक्षता र काम प्रतिको उत्साहको प्रशंसा गर्दै कार्यक्रम प्रभावकारी रहेको बताएका छन्।

सम्बन्धित खबर