जापानमा रेल दुर्घटनामा ४ कामदारको मृत्यु, ठेकेदार कम्पनीमा प्रहरीको छापा
तोचिगी प्रान्तको तोबु निक्को रेलमार्गअन्तर्गत शिन–कानुमा स्टेसनमा काम गरिरहेका ४ जना कामदारको रेलसँग ठोक्किएर मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ।
अगस्ट २० मा रेलमार्गमा घाँस काट्ने काम गरिरहेका ४ जना कामदारलाई स्टेसनमा प्रवेश गरेको तीव्र गतिका रेलले ठक्कर दिएको थियो। दुर्घटनामा चारै जनाको मृत्यु भयो।
घटना भएको दिन बिहान १० बजे काम सुरु गरिएको थियो। दुर्घटना करिब १०ः४६ बजे हुनुअघि तीनवटा रेल सोही स्थानबाट कुनै समस्या बिना गुज्रिएको खुलेको छ। तीमध्ये एउटा माथिल्लो दिशाको र दुईवटा तल्लो दिशाका रेल थिए।
घटनापछि प्रहरीले कामको मुख्य ठेकेदार रहेको तोबु निर्माण कम्पनीको कार्यालयमा घर खानतलासी गरेको छ।
प्रहरीले रेलमार्गमा कामदारको सुरक्षाका लागि खटिएका निगरानी कर्मचारी र घटनास्थलका जिम्मेवार व्यक्तिहरूसँग पनि सोधपुछ गरिरहेको छ।
कामदारहरूलाई रेल आउँदै गरेको जानकारी किन समयमा नदिइएको थियो र सुरक्षा व्यवस्थामा कुनै कमजोरी भएको थियो कि थिएन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रहरीले घटनालाई लापरवाहीका कारण मृत्यु भएको हुनसक्ने घटनाका रूपमा अनुसन्धान अघि बढाएको छ।
सम्बन्धित खबर
-
जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
साझालेख -
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख -
जापानको सागामा विदेशी विद्यार्थी लक्षित रोजगार मेला, २०० भन्दा बढी सहभागी
साझालेख -
जापानको फुकुओकामा २५ वर्षीया नेपाली छात्राको हत्या, नदीमा भेटियो शव!
साझालेख -
जापानमा साथीहरूसँग नदीमा पौडी खेल्ने क्रममा नेपाली युवकको मृत्यु
साझालेख