जापानमा नेपालीको सहयोग अभियान: नेपालका विपद् पीडितका लागि च्यारिटी रुमाल बिक्री
जापानको नागासाकी प्रिफेक्चरमा बस्दै आएका नेपाली नागरिक बिनोद सापकोटाले नेपालमा बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न च्यारिटी रुमाल बिक्री अभियान सुरु गरेका छन्।
अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिक भएको ठूलो पहिरोबाट प्रभावितहरूलाई सहयोग गर्न उनले नेपाली झण्डा तथा प्राकृतिक दृश्यहरू समेटिएका चार प्रकारका रुमाल तयार गराएका छन्। १,००० येन पर्ने रुमाल अक्टोबर १७ र १८ मा जापानको शिमाबारा सहरमा बिक्री गरिँदैछ।
सापकोटाले आगामी महिना नेपाल फर्केर स्थानीय लायन्स क्लबमार्फत संकलित सहयोग रकम विपद् प्रभावित क्षेत्रमा पुर्याउने योजना बनाएका छन्। विशेषगरी विपद्का कारण अभिभावक गुमाएका बालबालिकाको सहयोगमा उक्त रकम खर्च गर्ने लक्ष्य रहेको उनले बताएका छन्।
यस अभियानका लागि आर्थिक सहयोगसमेत संकलन भइरहेको छ।
सम्बन्धित खबर
-
जापानमा नेपाली स्न्याक्समा क्यान्सरजन्य विषाक्त पदार्थ भेटियो, बजारबाट फिर्ता गर्न आदेश
साझालेख -
जापानमा रेल दुर्घटनामा ४ कामदारको मृत्यु, ठेकेदार कम्पनीमा प्रहरीको छापा
साझालेख -
जापानको सागामा विदेशी विद्यार्थी लक्षित रोजगार मेला, २०० भन्दा बढी सहभागी
साझालेख -
जापानको फुकुओकामा २५ वर्षीया नेपाली छात्राको हत्या, नदीमा भेटियो शव!
साझालेख -
जापानमा साथीहरूसँग नदीमा पौडी खेल्ने क्रममा नेपाली युवकको मृत्यु
साझालेख